गृहपृष्ठ कालो चिया शरीरका लागि निकै फाइदाजनक
कालो चिया शरीरका लागि निकै फाइदाजनक

संसारभर चियालाई विभिन्न तरिकाले बनाएर खाइन्छ। आफ्नो स्वाद अनुसार यसलाई छुट्टाछुट्टै तरिकाबाट बनाउन सकिन्छ। विशेषगरी मानिसहरु दुध चियाको स्वाद मन पराउँछन् ।
मानिसहरु दूध चियाभन्दा कम मात्रामा कालो चिया खाने गरेको पाइन्छ। त्यस्तै कालो चिया सेवन गर्दा यी रोगहरुबाट छुटकारा पाउनुका साथै निम्न फाइदाहरु हुन्छन्।
१. मुुुटु
कालो चियाको सेवनले मुटुलाई धेरै फाइदा पुर्याउँछ। दैनिक एक कप कालो चिया पिउनाले तपाईको मुटु स्वस्थ राख्न मद्दत गर्छ। यसमा हुने फ्लेवेनायड्सले एलडिएल कोलेस्ट्रोल घटाउनुका साथै रगत जम्ने प्रक्रियालाई कम गराउन पनि सहायता गराउँछ।
२. क्यान्सर
कालो चियालाई सधैँ आफ्नो डायटमा राख्न सक्यो भने यसले तपाईलाई प्रोस्टेट, ओभरियन र फोक्सोको क्यान्सरबाट टाढा राख्न मद्दत गर्छ। विशेषगरी महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि यसले निकै कम गर्न सक्छ। मुखको क्यान्सरबाट जोगिन पनि हामीले कालो चियाको सेवन गर्न सक्छौँ।
३. स्मरण शक्ति
दिमागको कोंशहरुलाइ स्वस्थ्य राख्न यसमा रक्क्तप्रवाह हुन अत्यन्त जरुरी मानिन्छ। त्यसकारण रगतको प्रवाह दिमागमा बढाउनका निम्ति कालो चिया निकै उपयोगी छ। दिनमा लगभग ४ कप कालो चिया पिउनाले तनाव कम हुनुका साथै स्मरण शक्ति पनि वृद्धि हुन्छ। यसले दिमागलाई पहिलेभन्दा सक्रिय र सर्तक बनाई सम्झने क्षमताको विकास गर्छ।
४. पाचन
कालो चियामा हुने टेनिनले पाचनमा धेरै फाइदा गर्छ। ग्यासलाई मात्र नभएर यसले पाचन सम्बन्धी अन्य थुप्रै समस्याहरुको लागि लाभदायक छ।
५. शक्ति वृद्धि
यदि तपाईले दैनिक कालो चिया पिउनु भयो भने यसले तपाईलाई सक्रिय बनाउँछ र अधिक उर्जा महशुस गराउँछ।
६.कोलेस्ट्रोल
तपाईको शरीरको कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नका लागि कालो चिया निकै फाइदाजनक हुन्छ। यसले शरीरको मोटोपना पनि बिस्तारै कम गर्दै जाने हुनाले कोलेस्ट्रोल कम गर्न सजिलो हुनेछ। मेटाबोलिज्म प्रक्रिया बढाउने हुँदा यसले शरीरको तौल पनि कम गराउँछ।
७. छाला
छालामा हुने संक्रमणलाई रोक्न कालो चियाले धेरै मद्दत गर्छ र यसमा हुने एन्टिअक्सिडेन्टले विभिन्न क्यान्सरबाट पनि सुरक्षित राख्दछ।यसले चाउरीपना हटाउन समेत सहयोग गर्छ।