२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो,मृत्यु संख्या पनि उच्च

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो,मृत्यु संख्या पनि उच्च

भारतमा आइतबार कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ। भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ।

गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ।

अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल ९आइसीएमआर० ले जानकारी दिएको छ।

शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु