२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ रुपन्देहीमा कोरोना संक्रमणबाट थप एकको ज्यान गयो

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एकको ज्यान गयो

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको ज्यान  गएको  छ ।

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु