२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ भरिया दाइको त्यो जीवन स्मरण गर्दा….

भरिया दाइको त्यो जीवन स्मरण गर्दा….

सबैको नजरमा प्रिय रोल्पाली दाइ

भरीया दाइ भन्नेवित्तिकै स्मरणमा आउने एउटा वृत्तचित्र” भारी बोकिरहेको एउटा मानिस”।भारी बोकेरनै जीवनमा खुशि देखिरहेको त्यो मानिस।

केवल थियो त चम्किलो अनुहार

विहान उठ्ने बित्तिकै टुकु टुकु भारीको चापमा हिडिरहने ती दाइको कहानी।बाटो लामो होस् या छोटो,घामको राप होस या बर्षाको पानी।भारी छ काधमा ,हिडेको छ तापमा।हातका औंला भाचिरहेका हुन्थे।

आज त यति भारी साहुकोमा पुर्याउने भए भन्दै मख्ख परेको त्यो अनुहार।हसिलो मुख,हर्षित मन ,फुर्तिलो शरीर र जागरुक व्यक्ती।उनमा कुनै दिन पनि अल्छी तथा मलिनता थिएन।

सबैको  रोल्पाली प्यारो  दाइ

रोल्पाली भनेर चिन्थे तर उनको असली नाम थियो भक्त बहादुर बुढा।उकाली ओराली,भञ्ज्याङ् चौतारी उनका लागि दिनचार्य जस्तै भैसकेको थियो।टाउको नाम्लोले बेरेको काधमा झण्डै ५० केजी बराबरको बोराको भारी बोक्ने उनको दैनिकीनै हुन्थ्यो।

३ छोरा ,एक श्रीमती ,बुवा र आमासहितको परिवार।एउटा भारी बोकेबापत १० रुपैयाँ लिने गर्दथे ५२/५३ताका।दिनमा सके ५,६ नभए २ भारी त बोक्ने उनको वाध्यता पनि थियो।

कहिल्यै उदास देखिएन उनमा नत रिसरागनै।गाउँमा केही सामान बोकेर पुर्याउने काम आइपरेको खण्डमा उनको नाम अग्रपंक्तिमा आउथ्यो।भक्त पल्लो गाउँ जाउ है सामान पुर्याउन भन्दा हस हजुर भनी हाल्ने उनको बानी।

सबैका नजरमा एक मेहेनती ,असल,इमान्दार चिनारी बनाएका कर्मण भरीया दाइ।आज उनी यस संसारमा त छैनन् तर उनको लगाव,मेहनत,मिठास अझै झलझली आइरहन्छ। बाकी अर्को अंकमा….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु