२०७९ असोज ११ गत मंगलवार | September 27, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा सोमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित,कुल संख्या झन्डै १ लाख १२ हजार

नेपालमा सोमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित,कुल संख्या झन्डै १ लाख १२ हजार

नेपालमा सोमबार ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमित निको भएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु