गृहपृष्ठ निरन्तर शाकाहारी भोजन उपभोग गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ
निरन्तर शाकाहारी भोजन उपभोग गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ

मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन्।
शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिकै पोषकयुक्त हुन्छ। मांसाहारी भोजनमा माछा, मासु र अन्डाबाट प्रोटिनप्राप्त हुन्छ भने शाकाहारीलाई वनस्पतीबाट प्राप्त हुन्छ।
शाकाहारी भोजनमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । सागसब्जीमा विभिन्न आवश्यक तत्वजस्तै भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ, जसले घातक बिमारीबाट बचाउन मद्दत गर्दछ।
त्यसैगरी शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ। शाकाहारी भोजनमा शरीरको आवश्यकता अनुसार क्यालोरी र भिटामिन पाइन्छ। शाकाहारी भोजनमा फाइबर प्रचुर मात्रामा पाइन्छ।
जान्नुहोस् शाकाहारी भोजनका के–के फाइदा छन् !
१. हृदय रोगबाट बचाउँछ
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धि रोग हुने सम्भावना कम रहन्छ। किनकि मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ, जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ।
२. उर्जावान बनाउँछ
शाकाहारी भोजनको अतिरिक्त प्रभाव हुँदैन। यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ। शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ र उनीहरु तरोताजा महसुस गर्छन्।
३. उच्च रक्तचापबाट बचाउँछ
शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्युन हुन्छ। यिनीहरुको मुटु मांसाहारीहरुको भन्दा स्वस्थ रहन्छ।
४. क्यान्सरबाट बचाउँछ
शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ।
विभिन्न अध्ययनहरुमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तर क्यान्सरको खतरा कम हुन्छ। अनाज, फलफुल, तथा सागसब्जीमा रेशा र अक्सिडेन्ट धेरै मात्रामा हुन्छ, जसले क्यान्सरलाई टाढा राख्न सहायक भूमिका खेल्छ।
५. किड्नी रोगबाट बचाउँछ
किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ।अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नी सम्बन्धी विकार मासांहारी को तुलनामा शाकाहारीमा कम पाइन्छ।
स्रोत :विभिन्न अनलाइन खबरबाट संकलन र डाक्टरको सल्लाहअनुसार स्वास्थ्य सम्बन्धि यी सामाग्री प्रस्तुत गरिएको हो।