गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो,मृत्यु हुने संख्या ६ सय ६३
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो,मृत्यु हुने संख्या ६ सय ६३

मंगलबार ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए।हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ।
मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।