२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ नेदरल्यान्ड्समा कोरोना संक्रमण बढ्दो क्रममा, नयाँ नियम सार्वजनिक

नेदरल्यान्ड्समा कोरोना संक्रमण बढ्दो क्रममा, नयाँ नियम सार्वजनिक

गत केही हप्तादेखी नेदरल्यान्ड्समा कोरोना संक्रमितको संख्या दिन प्रती दिन बढ्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरी भोली १४ अक्टुबर देखी लागु हुनेगरी सेमी लकडाउन गर्ने भएको छ।आज १३ अक्टुबरमा प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराएका हुन्।

आजसम्मको आँकडा अनुसार संक्रमित हुनेको संख्या १,८८,८७६ जना र मृत्‍यु हुनेमा ६,६३१ जना रहेको स्वास्थ्यमन्त्रीले जानकारी गराएका छन्।अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ।

४ हप्ताका लागि होटल, क्याफे र रेस्टुरेन्टको टेवल बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम भोली १४ अक्टुबर साझ १० बजे देखी लागु हुनेछ। त्यसपछी पनि संक्रमण नियन्त्रण नभए पुरै लकडाउन गर्न सकिने पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जानकारी गराएका छन्।

भाईरस नियन्त्रणमा सबैको दायित्व रहेको भन्दै बाहिर ४ जना भन्दा बढीको समुहमा नहिंड्न र सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग गर्न आग्रह गरिएको छ भने ३० जना भन्दा बढीको सहभगितामा कुनै कार्यक्रम नगर्न भनिएको छ।

साथै पसलहरु ८ बजेपछी अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको बिक्रिबितरण ८ बजेपछी गर्न नपाईने समेत नयाँ नियममा उल्लेख गरिएको छ।यो नयाँ नियम ४ हप्ताको लागि लागुहुने र परिस्थिती अनुसार नियम परिवर्तन गर्न सकिने समेत जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु