२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ गर्भावस्थामा महिलाहरुले के खाने वा के नखाने!भ्रम र यथार्थ जानकारी ….

गर्भावस्थामा महिलाहरुले के खाने वा के नखाने!भ्रम र यथार्थ जानकारी ….

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ?

यस विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन्।

दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ। दक्षिण अफ्रिकाका जुलु समुदायका गर्भवती महिलालाई इसिलाम्बेजो नामको यस्तो हर्बल जडीबुटी खुवाइन्छ जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलो समेत राखिन्छ।

इरानमा अनारको जुसलाई निकै हितकर भनेर गर्भवतीलाई खुवाइन्छ भने सेनेगलमा हड्डीको मासी।
कतिपय खानेकुराहरु भने खानै नहुने भनि गर्भवतीलाई निषेध गरिन्छ। तथापि त्यस्तेा निषेधको वैज्ञानिक अर्थ भने नहुन सक्छ।

गर्भवती महिलाका लागि माछा सबैभन्दा उपयुक्त भनेर खुबै खुवाइन्छ, तर माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्नेतर्फ ध्यान पूराइँदैन।
बदाम गर्भवती महिलाका लागि खासै राम्रो नहुने मान्यता छ तर गर्भवती महिलाले प्रसस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ।

विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यहरु भन्दा समाजका परम्परागत धारणा र अतिरन्जनाहरुले ठूलो भूमिका खेल्ने गरेका छन्। कतिपय परम्परागत मान्यता तथा प्रचलनहरु ठीकै पनि छन्, जस्तो गर्भवती महिलाले हरियो सागपात खानु उपयुक्त हुन्छ र दिइन्छ पनि।

तर नाइजेरियाको ग्रामीण वस्ती जहाँ मानिसहरु शंखेकिरा खाने गर्छन् त्यहाँ गर्भवती महिलालाई शंखेकिरा खान दिइँदैन। गर्भवतीले संखेकिरा खाँदा बच्चा शंखेकिरा झैँ सुस्त हुने धारणा छ उनीहरुमा।

त्यस्तै जापानमा पिरो अर्थात् स्पाइसी खानेकुराहरु गर्भवतीले खाएमा जन्मिने बच्चा सन्काहा हुने मान्यता छ। जबकी अमेरिकामा भने गर्भवती महिलाले स्ट्रबेरी तथा खुर्सानीको अचार खानाले जन्मिने बच्चाको शरीरमा विभिन्न खाले चिनोहरु आउने मान्यता छ।

उता मेक्सिकोमा भने गर्भवती महिलाले अण्डा खाएमा जन्मिने बच्चाको सरीर गन्हाउने मान्यता राखिन्छ। जबकी फिलिपिन्समा भने सुत्केरी हुन लागेका महिलालाई काँचो अण्डा खान लगाइन्छ ताकी त्यसले बच्चा जन्मिने बाटो चिप्लो बनेर सजिलोसँग बच्चा जन्मिन सकोस्।

उता चीनमा पनि यस्तै अन्धविश्वास रहेका छन्। गर्भवतीले गँगटो खाएमा बच्चा ११ औँले हुने धारणा मानिसहरुमा छ। गर्भवतीले दुध पिएमा बच्चा गोरो हुने विश्वास पनि चिनियाहरुमा छ।

भारतको आन्ध्र प्रदेशमा गर्भवती महिलालाई मेवा तथा फर्सी खान दिइँदैन, खाएमा गर्भको बच्चालाई ज्वरो आउने विश्वास गरिन्छ। त्यस्तै गुजरातमा भने गर्भवतीलाई दुध, दही तथा केरा खुवाउँदा बच्चालाई चिसो हुने र खेर जाने मान्यता छ।

तान्जानियाको प्रसँग झनै रोचक छ। उक्त देशका केही भागमा गर्भवती महिलालाई मासु खान दिइँदैन। जनावरको मासु खाँदा बच्चा पनि जनावरजस्तै हुन्छ भन्ने अन्धविश्वास रहेको छ। गर्भवती महिलाले अण्डा खाएमा बाँझोपन हुन्छ भन्ने अन्धविश्वास अफ्रिकाका धेरै ठाउँहरुमा रहेको छ।

यस्तै यावत् अन्धविश्वास तथा मान्यताहरु गलत रहेपनि विश्वका धेरै महिलाहरुलाई गर्भावस्थाको भोजन तथा स्वास्थ्यका बारेमा वैज्ञानिक जानकारी उपलब्ध गराउन नसकिँदा उनीहरु पोषणबाट वञ्चित रहेको विज्ञहरु बताउँछन्।

विज्ञहरुका अनुसार गर्भावस्थामा महिलाहरुले

१. प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ।

२· माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ।

३· काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ।

स्रोत:बिबिसी रिपोर्टमा अधारीत

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु