गृहपृष्ठ नेपालमा बुधबार थपिए २ हजार ६ सय ३८ कोरोना संक्रमित,कुल संख्या झन्डै १ लाख १८ हजार
नेपालमा बुधबार थपिए २ हजार ६ सय ३८ कोरोना संक्रमित,कुल संख्या झन्डै १ लाख १८ हजार

नेपालमा बुधबार २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना संक्रमित निको भएर घर फर्किएका छन्।
- अहिलेसम्म निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएको छ।