२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुनर्गठन ,अर्थमन्त्रीमा पौडेल नियुक्त

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुनर्गठन ,अर्थमन्त्रीमा पौडेल नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।

राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी  गर्दै प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रीपरिषद् गठन गरेको जनाइएको छ।

पुनर्गठित मन्त्रीपरिषदमा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाई दिइएको छ भने सञ्चारमन्त्रालयको जिम्मा पार्वत गुरुङले पाएका छन्। उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई मन्त्रीपरिषद्को कार्यालयमा तानेर रक्षा मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन्।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु