२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ तुलसी एक फाइदा अनेक

तुलसी एक फाइदा अनेक

तुलसी एउटा विरुवा मात्र होइन यसको वहु उपयोगी गुण छ।

औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ। धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ। हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन।

विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ।तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ। तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगा यतमा औषधीका रुपमा प्रयोग गरिन्छ।

कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ। औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघाखोकी लगायत समस्या समाधान हुन्छ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। यी बाहेक अन्य पनि धेरै तुलसीका फाइदाहरु रहेका छन्। राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन्।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ। यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु