Covid-19
City Express

नेपालमा बुधबार थपिए ३ हजार ७ सय ४९ कोरोना संक्रमित

नेपालमा बुधबार ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमित निको भएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।थप १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु