Covid-19
City Express

नेपालमा कोरोना संक्रमित बढ्नेक्रम रोकिएन,संक्रमित संख्या १ लाख २६ हजार नाघ्यो

नेपालमा शुक्रबार ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु