गृहपृष्ठ विश्वमा अत्यधिक कोरोना सूचिको ३६ औं स्थानमा नेपाल
विश्वमा अत्यधिक कोरोना सूचिको ३६ औं स्थानमा नेपाल

विश्वमा कोरोना संक्रमणबाट अत्यधिक प्रभावितको सूचिमा नेपाल ३६औं स्थानमा पुगेको छ।
वर्ल्डोमिटरका अनुसार शनिबारसम्म विश्वका २१७ देशमा कोरोना संक्रमण देखिएको छ। नेपाल संक्रमितको संख्यामा १८१ राष्ट्रहरुलाई पछि पार्दै ३६औं स्थानमा पुगेको हो।
शनिबारसम्म नेपालमा १ लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण देखिएको छ। सरकारी तथ्यांकअनुसार ७१५ जनाको कोरोनाबाट मृत्यू हुँदा ८८ हजार ०४० जना निको भएका छन्।
हाल देशमा ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्। सार्क राष्ट्रमा सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन्। सार्कमा नेपालमा भन्दा बढी संक्रमित रहेका मुलुकहरु बंगलादेश र पाकिस्तान हुन्। अन्य राष्ट्रहरुमा नेपालभन्दा कम संक्रमित रहेका छन्।