Covid-19
City Express

भियनामा घट्यो हृदयबिदारक घटना,एक नेपाली महिलाद्वारा ३ बच्चाको हत्या

आज बिहान अष्ट्रीयाको क्रोने पत्रिकाले एउटा अत्यासलाग्दो घटनाको बारेमा लेखेको छ। पत्रिकाको अनुसार ३१ वर्षिय एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेर पुलिसलाई खवर गरेको बताईएको छ।

तीन बच्चा मध्ये सबै भन्दा सानो बच्चा बालक ८ महिनाको भएको पत्रिकाले जनाएको छ। अरु बालिकाहरु नौं र तीन वर्षका थिए भनेर लेखेको छ। पत्रिकाले महिलाको परिचय खुलाएको भने छैन।

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैले खवर गरेको पत्रिकाले लेखेको छ । महिलाले आफैलाई मार्न चाहेको बताएकि थिइन र प्रहरीको उपस्थितिमा उनि घटना स्थलमा नै रहेको बताईएको छ।

प्रहरी घटना स्थलमा पुग्दा एउटा बालिका जिवित नै रहेको र ती नौ वर्ष कि थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको भन्दै क्रोने पत्रिकाले लेखेको छ। भियनामा ५ सय भन्दा धेरै नेपाली र धेरै नेपाली परिवारहरुको बसोबास छ।

समाचार स्रोत:क्रोने पत्रिका

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु