२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगिस कम्युनिस्ट पार्टी र नेपाली संघसंस्थाका प्रतिनिधिबीच बिशेष भेटघाट

पोर्चुगिस कम्युनिस्ट पार्टी र नेपाली संघसंस्थाका प्रतिनिधिबीच बिशेष भेटघाट

पोर्चुगिस कम्युनिस्ट पार्टी (पिसिपी) लिस्बनका प्रतिनिधि तथा जातिवाद बिरोधी अगुवा हेनरिक चाभेस, महिला अगुवा सेउन तोरेस, मजदुर अगुवा पेद्रो साउतानिया लगायत र विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि बीच लिस्बनमा महत्त्वपूर्ण छलफल र अन्तरक्रिया सम्पन्न भएको छ।

भेटघाट र छलफलमा नेपाली प्रतिनिधि मण्डलका प्रवासी नेपाली एकता मंचको तर्फबाट सचिव डोलराज भण्डारी सचिवालय सदस्यहरु रोबोट लिम्बू, राजकुमार थापा, तुलसीराम थपलिया (अध्यक्ष चितवन समाज), राजेन्द्र गौतम, मदन लिम्बू, सदस्यहरु घनश्याम सुवेदी र शंकर मान पौडेल, एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदी, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खराल, लगायत सहभागी थिए।

प्रवासी नेपाली एकता मंच पोर्चुगल, एनआरएनए पोर्चुगल, नेपाली महिला समाज पोर्चुगल, पोर्चुगलका र नेपाली पत्रकार संलग्न नेपाली प्रतिनिधि मण्डलको बीच लिस्बनमा भएको संयुक्त भेटघाट र अन्तरक्रियामा मुलतः नेपाली आप्रवासी कामदार र महिलाहरुको समस्या र समाधानको उपायहरुको बारेमा छलफल केन्द्रीत रहेको नेपाली प्रतिनिधि मण्डलका एक सदस्य प्रवासी नेपाली एकता मंच पोर्चुगलका सचिव डोलराज भण्डारीले बताए।

सो अवसरमा नेपाली कला, संस्कृतिका बारेमा जानकारी दिनुका साथै पोर्चुगलमा रहेका नेपालीहरुका आप्रवासन, काम र नेपाली महिलाहरुको कठिनाइको बारेमा विशेष रूपमा छलफल भएको थियो।

कोभिड -१९ को महामारीले उत्पन्न गरेको बेरोजगारी समस्या र समुदायमा पुर्याएको असर बारे पनि छलफल भएको थियो।

छलफलमा पिसिपीका युवा नेता तथा जातिवाद बिरोधी अभियानका लोकप्रिय अगुवा हेनरिक चाभेसले पोर्चुगिस कम्युनिस्ट पार्टी एउटा पार्टी मात्र नभएर यो बृहत सामाजिक अभियान भएकोले पोर्चुगलमा रहेको नेपालीहरुको ठूलो उपस्थिति पोर्चुगलको आर्थिक, सामाजिक र साँस्कृतिक गतिविधिमा उल्लेख योगदान पुर्याएकोमा नेपाली समुदायलाई धन्यवाद दिए।

उनले नेपाली समुदायलाई पुर्याउन सकिने सहयोगकालागि आफुहरु सधैं तत्पर रहने र केही साता भित्र प्रतिवेदन बनाइ सम्बन्धित निकायमा आवाज उठाउन प्रयास गरिने बिश्वास दिलाए।

नेपाली महिलाहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगल र पोर्चुगिस महिला एसोसिएसन बीच द्विपक्षीय सम्बन्ध कायम गर्न चाडैं नै एक बैठक आयोजना गरी नेपाली र पोर्चुगिस महिला संस्थाहरुबीच आपसी हित, सहयोग सहकार्य आदानप्रदानकालागि सम्बन्ध विस्तार गर्ने समझदारी भएको नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन्।

केछ इतिहास, कस्तो छ पोर्चुगिस कम्युनिस्ट पार्टीको अवस्था ?

झन्डै सय बर्ष पुरानो गौरवशाली इतिहास बोकेको पोर्चुगिस कम्युनिस्ट पार्टी (PCP), नेता Jerónimo de Sousa छन् । गतबर्ष पोर्तुगलको संसदको निर्वाचन भयो, कम्युनिस्ट पार्टी र उसको गठबन्धनले १२ सीट जित्यो।

Portuguese Communist Party (Portuguese: Partido Comunista Português or PCP) and the Ecologist Party “The Greens” (Portuguese: Partido Ecologista “Os Verdes” or PEV) बीच सन् १९८७ मा Jerónimo de Sousa को नेतृत्वमा गठबन्धन शुरु भएको हो।

सन् २०१९ सम्म आइपुग्दा सबै निर्वाचनमा निर्वाधरूपमा गठबन्धन निरन्तर रूपमा जारी छ, दुई पार्टीको यो गठबन्धन संस्कृतिलाई एउटा अनुपम उदाहरण मानिन्छ। यो गठबन्धनलाई CDU भनिन्छ अर्थात The Unitary Democratic Coalition(Portuguese: CDU – Coligação Democrática Unitária, PCP–PEV) हो।

पोर्तुगिस कम्युनिस्ट पार्टी सदस्य ६०,४८४ रहेको छन् । यसको गठबन्धन सहयोगी पार्टी PEV को ६००० सदस्य छन्।

यो गठबन्धनको पोर्तुगल संसदमा १२ (२३०) सीट, युरोपियन पार्लियमेन्ट ३ (२१) सीट, रिजनल पार्लियमेन्ट ३ (१०४) सीट र पोर्तुगलको १७१ (२०७४) स्थानीय सरकारको नेतृत्व गरिरहेको छ। यो गठबन्धनले आन्तानिया कोष्टाको सोसलिस्ट पार्टी (२०१५-२०१९) को सरकारलाई सर्तसहित समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु