२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा आइतबार थपिए २ हजार ९४२ कोरोना संक्रमित,कुल संख्या १ लाख ३२ हजार नाघ्यो

नेपालमा आइतबार थपिए २ हजार ९४२ कोरोना संक्रमित,कुल संख्या १ लाख ३२ हजार नाघ्यो

नेपालमा पछिल्लो आइतबार २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु