२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ युरोपमा एक कुसल नेतृत्व र असल पत्रकार

युरोपमा एक कुसल नेतृत्व र असल पत्रकार

कुशल नेतृत्वको एक नमूना राई

बहुआयामिक व्यक्तित्व

केजीन राई नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष हुन्। हुनत राई आफैंमा एक बहुआयामिक व्यक्तित्व पनि हुन्।नेपाली समाजले व्यक्ति कृयाशिल हुँदासम्म उसले गरेका असल कामको पनि त्यति प्रशंसा गर्न चाहदैन। भए गरेका कार्यको पनि अपनत्व लिन हिच्किचाउने परिपाटी छ। जे जस्तो भएपनि एउटा पत्रकारको नजरमा राई कुसल नेतृत्व र असल पत्रकार हुन् भन्दा अतियुक्ती नहोला।

एक कविको रुपमा चिरपरिचित राई

राई केवल पत्रकारको रुपमा मात्र सिमिती छैनन्।उनका कलम साहित्य,निबन्ध र कवितामा पनि खरो रुपमा बगेका छन्।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल शाखाका सस्थापक अध्यक्ष भैसकेका राई २००७ देखि २०१० सम्म अनेसास केन्द्रको  केन्द्रीय सचिवको  समेत  भूमिका निर्वाह गरेका छन्।हिजो मात्रै अनेसास केन्द्रले गरेको एक साहित्यिक कार्यक्रममा राईले धाराप्रबाहरुपमा कविता बाचन गरेका थिए।उनको कविताले  उक्त कार्यक्रम समेत निकै रोनक बनेको थियो।

राईको नेतृत्व उदारहणिय

सापेक्षरुपमा केही कमिकमजोरी उनका पनि होलान् तर संस्थागत परिपाटीमा उनको नेतृत्व ,कृयाशिलता र जबाफदेहिता उदारहणिय छ। उनको नेतृत्वमा रहेको पत्रकार महासंघ युरोपले युरोपमा रहेका पत्रकारलाई गोलबन्द मात्र गरेन की कृयाशिल हुनको जग पनि बसाल्यो।

युरोपमै रहेर पत्रकारहरुले समाचार, सूचना सम्प्रेषण गरिरहँदा पेशागत कठिनाइ र जटिलताहरुसँग जुध्नु पर्ने एउटा समस्या एकातिर छ भने अर्को तर्फ चुनौती र धम्कीको पनि सामना गर्नु पर्ने स्थिति छ। ती दुबै परिस्थितिलाई चिर्नको लागि राईको नेतृत्व हरतरले पत्रकारलाई ढाडस दिएको देखिन्छ।

युरोप जस्तो ठाउँमा पनि समाचार लेखेकै भरमा पत्रकारहरुलाई कार्वाही गर्ने धम्कीसम्म आएको अवस्थामा पनि पत्रकार महासंघ युरोप शाखाले पत्रकारको पक्षमा डटेर सामना गरेको पर्याप्त उदाहरण छन्।

युरोप शाखाको सक्रियता

पछिल्लो समय कोरोना कहरले विश्वनै तहसनहस अवस्थामा पुगेको छ। हजारौं मानिसको ज्यान गएको छ भने लाखौं मानिस कोरोना संक्रमणबाट प्रभावित भएका छन्। रोजगारीको शिलशिलामा विभिन्न देशमा नेपालीहरु बसोबास गरेका छन्।

सुरुवातदेखिनै सम्बन्धित देशमा रहेका नेपाली समुदायहरुको समस्या, बस्तुस्थिती बारेमा युरोप शाखाले कोरोना कहर र समसामयिक विषय बस्तु सम्बन्धि अन्तरक्रिया  एवं बहस मार्फत यथार्थ जानकारी सम्प्रेषण गरिरहेको छ।

अहिले यो ३० औं शृङ्खला सम्म पुगिसक्दा आफ्नो उचाई त बढाएकै छनै अन्य देशको तुलनामा युरोप शाखाको सक्रियता र अगुवाई पनि देखिएको छ।

एनआरएनए केन्द्र र युरोपका विविध बैठक एवं कार्यक्रमलाई प्रचारप्रसारको माध्यमबाट सफल बनाउन राई नेतृत्वले संयोजनकारी भुमिका निर्वाह गरेको देखिन्छ।

पत्रकारहरुका लागि रकम संकलन

कोरोना कहर र अन्य अनेकौं समस्याहरुबाट स्वयं पत्रकारहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्। आर्थिक अवस्था कमजोर भएका पत्रकारहरुलाई सहयोग गर्ने नीति अनुरुप नेपाल पत्रकार महासंघ केन्द्रले पत्रकार कल्याणकारी अक्षय कोषमा रकम जम्मा गर्ने निर्णय गर्यो।

त्यसैको नीति अनुरुप युरोप शाखाले पनि यथेस्ट रकम उठाएको छ। युरोप शाखाको अगुवाईमा पत्रकारहरुकै लागि मनग्य रकम उठ्नु सामान्य बिषय पक्कै हैन। राईको कृयाशिलता, विश्वसनियता र इमान्दारीताले यो सम्भव भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु