२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ सुसन परियारको नेतृत्वमा अनेसास पोल्यान्ड शाखा गठन,महासचिवमा थापा चयन

सुसन परियारको नेतृत्वमा अनेसास पोल्यान्ड शाखा गठन,महासचिवमा थापा चयन

साहित्यकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्यान्ड शाखा गठन भएको छ।आइतबार एक भर्चुअल अनलाइन भेला मार्फत उक्त शाखाको घोषणा गरिएको हो।

लोकप्रिय साहित्यकार एवं कवि सुसन परियार (विसर्जन) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ।शाखाको उपाध्यक्षमा चर्चित युवा भिम परियार चयन भएका छन् भने महासचिवमा साहित्यकार प्रतिमा थापा चयन भएकी छन्।

त्यस्तै सचिवमा बिराश सुन्दास र कोषाध्यक्षमा संगिता लामा चुनिएका छन्।त्यसैगरी सस्थाको सदस्यहरुमा ज्म्याङ थिङ र डम्बरजङ गुरुङ निर्वाचित भएका छन्।

चर्चित पानी अभियान्ता एवं साहित्यकार मित्रलाल पार्दे सस्थाको संरक्षकमा चयन भएका छन् भने सल्लाहकारहरुमा होमनाथ सापकोटा र बिकाश दोङलाई चुनिएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका उपाध्यक्ष सुनिल संगमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु