२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ लोकप्रिय कलाकार शिवहरी पौड्यालकी आमाको निधन

लोकप्रिय कलाकार शिवहरी पौड्यालकी आमाको निधन

लोकप्रिय हाँस्य कलाकार, लेखक तथा निर्देशक शिबहरि पौड्याललाई मातृशोक परेको छ। टेली श्रृखंला जीरे खुर्सानीमा मुखमा प्वाक्क हिर्काउ जस्तो भन्ने उखानबाट नाम कमाएका कलाकार शिबहरीको ममतामयी आमाको निधन भएको छ।

बरिष्ठ कलाकार पौड्यालकी आमाको आइतबार राती ११ बजेर ९ मिनेटमा सय वर्षको उमेरमा निधन भएको हो।आमाको निधनपछि कलाकर पौड्यालले फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गरेका छन्। उनले भनेका छन् “दुखद् खबर लेख्न बाध्य भएं आमा।एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा।

१०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, हजुरलाई वचाउन सकिएन आमा,मलाई माफ गर्नुहोला। स्वर्गमा वास होस् मेरी प्यारी आमा। देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु।आमा, फेरीपनि मलाई माफ गर्नुहोला”।

कलाकार पौडेलद्धारा आमाको सम्झनामा लेखिएको यो स्टाटस्ले धेरैलाई भावुक बनाएको छ। कलाकार पौडयालकी ममतामयी आमाको स्वर्गमा बासहोस् भन्दै उनका फ्यान, शुभचिन्तक र सबै आफ्न्तहरुले उनको परिवारलाई साहास र धैर्यले काम गर्ने शक्ति मिलोस् भनेर सामाजिक सञ्जालमा कामना समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु