२०७९ असोज १० गत सोमवार | September 26, 2022

Bharat Poudel

गृहपृष्ठ एनआरएनए स्पेनद्वारा दुई मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण

एनआरएनए स्पेनद्वारा दुई मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण

सहयोगको सारथी बन्दै एनआरएनए स्पेन

गैरआवासिय नेपाली संघ स्पेनले एक महिना भित्र मृत्यु भएका दुई नेपाली परिवारलाई  सहयोग  रकम हस्तान्तरण गरेको छ।

स्पेनको आलिकान्ते कोष्टाब्लाङ्क आल्तियामा लामो समय देखि बस्दै आएका भरतराज न्यौपानेको १५ वर्षकी छोरी भविष्यता न्यौपानेको बल्ड क्यान्सरबाट अल्पआयुमै निधन भएको थियो।उनको ४२ दिन अस्पताल बसाई पछि मृत्यु भएको थियो।

एनआरएनए स्पेनले विभिन्न संघ संस्थाहरूलाई एकिकृत गर्दै संकलन गरिएको रकम ८ हजार ६ सय ६५ युरो भरतराज न्यौपानेलाई हस्तान्तरण गरिएको एनआरएनए अध्यक्ष दिनेश गुरूङ(देउकाजीले) बताउनुभयो।

अध्यक्ष गुरूङले भने “गैरआवासिय नेपाली संघले विभिन्न समयमा भैईपरि आउने हरेक दुख -सुखमा सहयोग गर्दै आइरहेको र कोरोना भाइरसबाट पिडित नेपालीहरूलाई प्याकेजको रूपमा खाध्यान्न सामाग्रीहरू समेत सहयोग गर्दै आइरहेका छौ”।

मृतकका पिता भरतराज न्यौपानेले दुखको समयमा सहयोग गरेको भन्दै गैरआवासिय नेपाली संघ तथा विभिन्न समाजिक संघ संस्थाहरू प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

स्पेन सरकारले बार्सिलोना र म्याड्रिड लगायत ठाउहरूलाई पुन: लकडाउन जारी गरेको भएता पनि लकडाउनको प्रवाह नगरी एनआरएनए अध्यक्ष दिनेश गुरूङ(देउकाजी), उपाध्यक्ष उत्तर कुमार राई,सचिव मेघनाथ ढकाल,कोषाध्यक्ष गोविन्द तिमिल्सिना, सदस्य शुन्दर गुरूङ, क्षेत्रिय समिति अध्यक्ष शुजिल गोले,सचिव सागर श्रेष्ठ,मोना स्पेन र पर्वत समाजका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

नेपाल स्पेन समाज कोष्टाब्लाङ्कका अध्यक्ष अकल बोहरा लगायत विभिन्न समाजिक अभियान्ताहरू लगायत एनआरएनए स्पेनका संस्थापक आइसिसि सदस्य विरेन्द्र श्रेष्ठले समेत दुखमा परेका नेपालीहरूलाई सहयोगका निम्ति सदैव हातेमालो गर्ने वर्तमान कार्यसमिति प्रति आभार प्रकट गर्नुभएको थियो।

यसैगरी एनआरएनए स्पेनले बार्सिलोनामा २६ अगष्टमा मृत्यु भएका धन बहादुर केसीका परिवारलाई १५ हजार ३ सय ६२ युरो सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु