२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ दुधमा तुलसीका पात उमालेर खाने फाइदाहरु

दुधमा तुलसीका पात उमालेर खाने फाइदाहरु

तुलसी धार्मीक र वैज्ञानिक रुपमा उत्तिकै लाभप्रद वनस्पती हो। यसको औषधीय गुण चमत्कारिक छ। सबैभन्दा बढी अक्सिजन निस्कासन गर्ने तुलसीलाई हिन्दु धर्ममा अमृत समान मानिन्छ।त्यसैले यसको महत्व जिवनको सुरु देखि अन्त्य सम्म छ।

तर यसको औषधीय गुण पनि त्यती नै चमत्कारीक भएको वैज्ञानिक रुपमा पनि पुष्टि भएको छ। जाडो महिनामा तुलसीका पात चियामा राखेर खाने प्रचलन छ। यसका फाइदा धेरै छन्। चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।

अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले गर्ने फाइदा झन बढी हुन्छ। यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन सकिन्छ।

दम रोग

यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस्। यसले फाइदा पुर्‍याउँछ।माइग्रेन : दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ। नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ।

डिप्रेसन

आजभोलिको जीवनमा कतिपयलाई डिप्रेसनको समस्या हुन्छ। कामको बोझ या त’नावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ। यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ। यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ।

पत्थरी :

यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ। यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ ।यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ। साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ।

तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस्। जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस्। यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु