२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ गायक लम्सालको समधुर स्वरमा डाँफे चरी सार्वजनिक

गायक लम्सालको समधुर स्वरमा डाँफे चरी सार्वजनिक

अर्घाखाँचीका लोकप्रिय गायक बसन्त लम्सालको समधुर आवाजमा डाँफे चरी सार्वजनिक भएको छ।सार्वजनिक भएको छोटो समयमै युटुबमा हजारौं दर्शकहरूले दोहोराएर हेरेका छन् भने कमेन्ट पनि आकर्षक गरेका छन्।

सर्जक रबिन ज्ञवालीको शब्द सृजना रहेको यस सांगीतिक कोसेलीमा गायक लम्सालको संगीत र स्वर रहेको छ भने महिलातर्फ चर्चित गायिका शान्ति श्री परियारको मनोरम आवाज रहेको छ।

https://m.facebook.com/story.php?story_fbid=2514678868822488&id=100008411986720&sfnsn=mo

चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा अहिलेका चल्तीका कलाकार पौल शाह,रियाशा दाहाल,उषा उप्रेती र विश्वास नेपालको बेजोड अभिनय रहेको छ।अर्घादरबार फिल्म प्रालिले गीतको बजार ब्यबस्थापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु