गृहपृष्ठ पत्रकार गुरुङले तताए युरोपबाट धेरै पछि उनको गाउँमा,हेर्नुहोस् भिडियोमा
पत्रकार गुरुङले तताए युरोपबाट धेरै पछि उनको गाउँमा,हेर्नुहोस् भिडियोमा

वाइबी गुरुङ पत्रकारीता क्षेत्रमा मात्र सिमित छैनन्।उनी बहुमुखी प्रतिभाका धनी हुन् भन्ने बिषय पुष्टि त यस अघिनै भैसकेको छ।उनका साहित्य तथा रचनालेनै सो कुराको पुष्टि गरेका छन्।
पत्रकार गुरुङले एक पटक फेरि युरोपबाट बजार तताएका छन्।त्यो पनि मनोरम र समधुर गीत मार्फत।उनको गीतको बोल रहेको छ” धेरै पछि उनको गाउँमा”।त्यहीँ गीत अहिले युरोप हुँदै नेपाल लगायत देशहरूमा चर्चाको केन्द्र बनेको छ।
शब्द -शब्दमा,कोण-कोणमा मायाको भावलाई निकै उत्कृष्ट रुपमा उतारीएको छ।सपनिमा देखेको मायालाई उनकै गाउँमा फेला पार्दा मन उमंग र औधी खुशी भएको गीतमा दर्शाउन खोजिएको छ।
यस गीतका रचनाकार वाइ बि गुरुङले निकै रोचक ढंगबाट शब्दहरु कोरेका छन् भने गायक राजु लामाको समधुर स्वरले एल्बमलाई थप ओजिलो बनाएको छ।यस गीतमा शंकर थापाले संगीत भरेका छन् भने म्युजिक एरेन्ज बिश्व अधिकारीले गरेका छन्।
गणेश शाहीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने भिडियोमा स्वयं गायक लामा र नव चर्चित मोडल रक्षा थापाको उत्कृष्ट अभिनय देख्न पाइन्छ।