गृहपृष्ठ नेपालमा बुधबार थपिए १९५४ कोरोना संक्रमित,कुल संक्रमित १ लाख ६२ हजार माथी
नेपालमा बुधबार थपिए १९५४ कोरोना संक्रमित,कुल संक्रमित १ लाख ६२ हजार माथी

नेपालमा बुधबार १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।थप ११ जनाको कोरोनाका कारण ज्यान मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ।