२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ कोरोनाका कारण पत्रकार सिवाको असामयिक निधन

कोरोनाका कारण पत्रकार सिवाको असामयिक निधन

नेपाल पत्रकार महासंघ कुवेत शाखाका पूर्व सह सचिब तथा हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण निधन भएको छ।

पत्रकार सिवाका कतारमा कार्यरत भाइ गणेश सिवाले दिएको जानकारी अनुसार उनको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो।

केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै पत्रकार सिवाले आफ्नो सम्पर्कमा रहेकासबैलाई सुरक्षित रहन सुझाएका थिए।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने र सचिव आनन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु