२०७७ पुस २९ गते बुधवार | January 13, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ शरीरमा प्रतिरोध क्षमता बढाउन सजिउन तरकारीको भूमिका महत्त्वपूर्ण

शरीरमा प्रतिरोध क्षमता बढाउन सजिउन तरकारीको भूमिका महत्त्वपूर्ण

कोरोना संक्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो। शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ।

इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ। यसलाई नियमित खाँदा शरीरको इम्युनिटी बढ्छ। ​अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ।

अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ। यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ।यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ।

सजिउन पेटका लागि आयुर्वेदिक औषधि नै मानिन्छ। हैजा, पखाला, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ।सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन।

यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ।यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु