गृहपृष्ठ नेपालमा शनिबार थपिए २ हजार ५ सय ८ संक्रमित,कुल संख्या १ लाख ७० हजार भन्दा माथी
नेपालमा शनिबार थपिए २ हजार ५ सय ८ संक्रमित,कुल संख्या १ लाख ७० हजार भन्दा माथी

नेपालमा शनिबार २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९३७ पुगेको मन्त्रालयले जनाएको छ।