गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या बढ्नेक्रम रोकिएन, संक्रमित संख्या १ लाख ७३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमित संख्या बढ्नेक्रम रोकिएन, संक्रमित संख्या १ लाख ७३ हजार नाघ्यो

नेपालमा आइतबार २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६० पुगेको मन्त्रालयले जनाएको छ।