२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ भारतको एक आश्रममा राखिएका नेपाली बालबालिकामाथी निर्घात कुटपिट

भारतको एक आश्रममा राखिएका नेपाली बालबालिकामाथी निर्घात कुटपिट

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि निर्घात कुटपिट भएकोह खबर आएको छ।

दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा यातना दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्।आश्रममा रहेका नेपाली बालबालिकालाई यातना दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको छ।

समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कुटिएको हो।अभिभावकहरूले कुटाइ खाएका धेरैजसो चोटग्रस्त रहेको बताएका छन्।

दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले यातना दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला,जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु