२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नेपालमा सोमबार थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित,मृत्यु हुने संख्या ९८४ पुग्यो

नेपालमा सोमबार थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित,मृत्यु हुने संख्या ९८४ पुग्यो

नेपालमा सोमबार २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १५० जना संक्रमित निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ।

बितेको २४ घण्टामा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु