२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ अस्ट्रियाको राजधानी भियानामा आतंककारी हमला ,हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि

अस्ट्रियाको राजधानी भियानामा आतंककारी हमला ,हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि

अस्ट्रियाको राजधानी भियानामा आतंककारी हमला भएको छ।सोमबार राती भियानाको विभिन्न क्षेत्रमा अज्ञात बन्दुकधारीले भीषण गोलाबारी गरेका थिए।

सो हमलापछि मानिसहरूबीचमा भागदौड मच्चिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।हालसम्म उक्त घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएको जनाइएको छ।

१५ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ।घटना लगत्तै प्रहरीले अनुसन्धान थालेको छ भने घटनामा संदिग्धहरुको तीब्ररुपमा खोजीकार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु