गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो,एकैदिन ५९ को मृत्यु
पोर्चुगलमा कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो,एकैदिन ५९ को मृत्यु

पोर्चुगलमा बुधबार मात्रै कोरोना सक्रमण बाट ५९ जनाको मृत्यु भएको छ भने ७४९७ जनामा संक्रमति फेला परेका छन्।
यो संगै संक्रमितको कुल संख्या १ लाख ५६ हजार ९४० पुगेको छ। त्यस्तै हालसम्म २ हजार ६९४ जनाले कोरोना कारण ज्यान गएको छ।
पोर्चुगलमा हाल ६५ हजार ३०० जना कोरोनाका सक्रिय बिरामी रहेका छन्। पछिल्लो २४ घण्टामा २ हजार ३५७ जना निको भएका छन्। यो संगै हालसम्म रिकभर हुनेको संख्या ८८ हजार ९४६ पुगेको छ।
युरोपमा कोरोनाको दोश्रो आए संगै पोर्चुगलमा मृत्यु दर र संक्रमण भयवह रूपमा वृद्धि भइरहेको छ।