२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ प्रेस संगठन युरोपको बैठक सम्पन्न,पोर्चुगल संयोजकमा राजकुमार थापा चयन

प्रेस संगठन युरोपको बैठक सम्पन्न,पोर्चुगल संयोजकमा राजकुमार थापा चयन

प्रेस संगठन युरोपको कार्यसमितिको आज बुधबार ४ नोभेम्बर २०२० का दिन संयोजक खिमसुहाँग चाम्लिङ्गको अध्यक्षतामा बसी कार्यसमितिको सल्लाहकारहरुमा राजकुमार दिक्पाल (पोर्चुगल), जीत लामा (बेल्जियम), उदयराज गौतम (डेनमार्क) र दिलनिशानी मगर (पोर्चुगल/बेल्जियम)लाई चयन गरेको छ।

बैठकले युरोप सदस्य राजकुमार थापालाई प्रेस संगठन पोर्चुगलको संयोजकमा सर्वसम्मतिले चयन गरेको छ।

बैठक पछि प्रेस संगठन युरोपका सचिव दीपेन्द्र गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार बैठकले प्रतिनिधि सभा सदस्य तथा पूर्व सभामुख मा. कृष्णबहादुर महराकी जीवन संगिनी सीता महराको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको जनाइएको छ।

गत अक्टोबर ३१ तारिख प्रेस संगठनका संयोजक महेश्वर दाहाल तथा सह-संयोजक गणेश बस्नेतको बिशेष उपस्थितिमा संगठनको युरोप शाखा बिस्तार भएको थियो । शनिवार आयोजना भएको भर्चुअल भेलाले बेल्जियमका खिमसुहाँग चाम्लिङको संयोजकत्वमा प्रेस संगठन युरोप शाखा गठन गरेको थियो । संगठनको सह-संयोजकमा श्याम लुइँटेल (बेलायत) र सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) चयन भएका छन्।

संगठनको कार्यकारी सदस्यहरुमा राजकुमार थापा (संयोजक-पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार (नर्वे), रबिचन्द्र भट्टराई (अष्ट्रीया), नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), महेश खाती (डेनमार्क), कमल पराजुली (स्पेन), सरलाकुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन्।

यसैगरी बिमला सेने (बेलायत), कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बू (बेलायत) लाई सदस्यमा चयन गरिएको छ।

प्रेस संगठन नेपालको विस्तार संगै युरोपको नेपाली समुदाय र पत्रकारितामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु