गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या झन्डै १ लाख ८६ हजार,मृत्यु हुने संख्या १ हजार ५२
नेपालमा कोरोना संक्रमित संख्या झन्डै १ लाख ८६ हजार,मृत्यु हुने संख्या १ हजार ५२

नेपालमा बिहिवार ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४३० जना संक्रमित निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ।थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०५२ पुगेको मन्त्रालयले जनाएको छ।