गृहपृष्ठ नेपालमा शुक्रबार थपिए २ हजार ९०९ कोरोना संक्रमित,कुल संख्या १ लाख ८८ हजार नाघ्यो
नेपालमा शुक्रबार थपिए २ हजार ९०९ कोरोना संक्रमित,कुल संख्या १ लाख ८८ हजार नाघ्यो

नेपालमा शुक्रबार २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ५०० जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०७० पुगेको मन्त्रालयले जनाएको छ।