२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ अमेरिकाको रास्ट्रपति चुनावमा बाइडेनले बाजि मारे,वर्तमान रास्ट्रपति ट्रम्पलाई धक्का

अमेरिकाको रास्ट्रपति चुनावमा बाइडेनले बाजि मारे,वर्तमान रास्ट्रपति ट्रम्पलाई धक्का

विश्वभरी निकै चासो र ब्यग्रताकासाथ हेरिएको सयुक्त राज्य अमेरिकाका चुनावमा अन्ततः डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले बाजी मारेका छन्।

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका हुन्।

यद्यपि आधिकारिक रुपमा घोषणा हुन भने अझै केही दिन लाग्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हन्।

बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। वर्तमान रास्ट्रपति डोनाल्ड ट्रमको दोश्रो कार्यकालका लागि रास्ट्रपति हुने सपना समाप्त भएको छ।मत परिणाम वाइडेनको पक्षमा गएपनी उनले सहजै स्विकार्ने अवस्था भने देखिदैन।मत गणनालाई लिएर यस अघिनै ट्रम्पले बिरोध जनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु