गृहपृष्ठ नेपालमा आइतबार थपिए २ हजार ८१७ कोरोना संक्रमित,कुल संख्या १ लाख ९४ हजार नाघ्यो
नेपालमा आइतबार थपिए २ हजार ८१७ कोरोना संक्रमित,कुल संख्या १ लाख ९४ हजार नाघ्यो

नेपालमा आइतबार २ हजार ८१७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमित निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ।
थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११०८ पुगेको मन्त्रालयले जनाएको छ।