२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ पत्रकार महासंघ युरोपका अध्यक्षलाई निलम्बन भनी अवैधानिक वक्तव्य जारी गर्नेहरुलाई कार्वाही हुने

पत्रकार महासंघ युरोपका अध्यक्षलाई निलम्बन भनी अवैधानिक वक्तव्य जारी गर्नेहरुलाई कार्वाही हुने

नेपाल पत्रकार महासंघ युरोपको हवला दिदै हिजो नोभेम्बर ७ तारिख जारी गरिएको विज्ञप्ति झुटो, नक्कली र अवैध रहेको महासंघले जनाएको छ। हिजो जारी गरिएको अवैधानिक वक्तव्यमा शाखाका अध्यक्ष केजिन राइलाई निलम्बन गरिएको हवाला दिंदै हास्यास्पद कुरा गरिएको र केही सन्चारमाध्यममा आएको समाचार पूर्णरुपमा अवैधानिक, गैरकानुनी र नौटंकीपूर्ण देखिएकोले खारेज भएको हो।

संस्थाबाट राजीनामा दिई सकेका र महासंघको युरोप शाखाबाट अन्यत्र सदस्यता स्थानन्तरण गरि सकेका केही व्यक्तिहरुले अध्यक्ष राइलाइ निलम्बन गरिएको भन्नू अत्यन्त हास्यास्पद र केटाकेटी कुरा देखिएको टीप्पणी भएको छ।

एकहप्ता अघि नै सूचना जारी गरी महासंघको कार्यसमितिको बैठक आज मिति ८ नोभेम्बर २०२० को दिन आयोजना गरि महासंघको अधिवेशन लगायत महत्त्वपूर्ण विषयमा छलफल र निर्णय गर्ने तयारी भएको सन्दर्भमा हिजो महासचिव, वरिष्ठ उपाध्यक्ष लगायतका केही कार्यसमितिका पूर्व व्यक्तिहरु र सल्लाहकारको हवला दिएर जारी गरिएको वक्तव्य महासंघको युरोप अधिवेशन भाड्न भ्रम सृजना गर्ने र अहिले महासंघले गरिरहेको काम, देखाएको सक्रियता, कायम गरेको उचाई, गरिमा इज्जतलाई धमिलो पार्न प्रयास गर्ने कुचेष्टा बाहेक केही नभएकोले संस्थाको नाम, लेटरप्याड र छाप दुरुपयोग गर्ने कथित वक्तव्यमा संलग्न सबैलाई विधान बमोजिम कार्वाही हुने अध्यक्ष केजिन राइले प्रतिक्रिया दिए ।

यस सम्बन्धमा महासंघ केन्द्रमा बुझ्दा आधिकारिक रूपमा युरोपबाट यस्तो पत्र नआएको र अध्यक्षले प्रमाणित नगरी कसैले पत्र पठाए त्यो बैध नहुने प्रतिक्रिया दिइएको छ । विधानत: संस्थाको नेतृत्वले कुनै गलत कार्य गरेको देखिएमा दुई तिहाई सदस्य समिलित बैठकले निर्णय गर्नुपर्ने स्पष्ट उल्लेख छ।

समाचारमा भनिए अनुसार सदस्यता स्थानन्तरण भइ अर्कै शाखामा गएका र राजिनामा दिएका र सल्लाहकार समेत सहभागी भएको बहुमत सदस्यको बैठकबाट अध्यक्षलाई निलम्बन गरिएको भन्नू केटाकेटी र कच्चा कुरा देखिएको छ।

यसरी बैधानिकरूपमा युरोप शाखामै नरहेको सदस्यहरुले हटाउन वा कार्वाही गर्न मिल्ने देखिदैन। त्यस्तै अबैधानिकरुपमा महासंघको नाममा कपोकल्पित र भाम्रक समाचारका लागि संप्रेषित गर्ने व्यक्तिहरूको सदस्यता आजिवननै रोक लगाउन सक्ने महासंघले जनाएको छ।

मुलतः यहाँनीर महासंघ र नेतृत्वलाई असफल पार्न केही व्यक्ती निहित स्वार्थ र संकीर्ण भावले उद्देलित भएको देखिन्छ।अध्यक्षको अधिकारलाई समेत बन्देज गराएर आफू अनुकुल निर्णय नहुँदा त्यसको प्रतिसोध स्वरुप यस्तो अबैध काम गरिएको यो घटनाले पनि पुष्टि गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु