गृहपृष्ठ आइपिएलको फाइनलमा दिल्ली र मुम्बई इन्डियन्स भिड्ने
आइपिएलको फाइनलमा दिल्ली र मुम्बई इन्डियन्स भिड्ने

दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ।
आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो।
दिल्लीले इतिहास रच्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो। अब आइपिएलको उपाधिको लागि दिल्लीले मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।
१९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।