२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ अबदेखि साउदीमा बिदेशी कामदारले सहजै काम परिवर्तन गर्न पाउने,केही शर्तहरु भने पालना गर्नुपर्ने

अबदेखि साउदीमा बिदेशी कामदारले सहजै काम परिवर्तन गर्न पाउने,केही शर्तहरु भने पालना गर्नुपर्ने

साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै विदेशी श्रमिकले रोजगारदाताको अनुमति बिनै काम परिवर्तन गर्न सक्ने घोषणा गरेको छ।

साउदी सरकारको यो घोषणा आउँदो वर्ष सन् २०२१ को मार्च १४ देखि लागू हुँदैछ। यो नियम कार्यान्वयनमा आएपछि नेपालीसहित विदेशी श्रमिकले साउदीमा काम परिवर्तन गर्न पाउने छन्।

तर त्यसका लागि विभिन्न सर्तहरु भने राखिएको छ।आफूले काम गरिरहेको कम्पनीमा अवस्था सामान्य भएमा एक वर्षसम्म कम्पनीमा काम गर्नुपर्छ। सामान्य अवस्था हुँदाहुँदै एक वर्ष अघि नै काम परिवर्तन गर्न पाइँदैन।

यो नयाँ नियमले विदेशी श्रमिकलाई काम गरिरहेको कम्पनीले प्रमाणीत रोजगार करार नदिएको अवस्थामा अर्को कम्पनीमा काम गर्न जान सक्ने भनेको छ। रोजगारदाताले श्रमिक काममा लगाएको तीन महिनाभित्र उनीहरुको रोजगार करारपत्र प्रमाणीकरण गरिसकेको हुनुपर्छ।

श्रमिकले तीन महिनासम्म लगातार काम गरेको तलब नपाएमा, रोजगारदाताको उपस्थिति नभएमा, रोजगारदता जेल परेमा, मृत्यु भएमा वा रोजगारदाताले साउदीको आवासीय परिचयपत्र अकामा नबनाइदिएमा वा नवीकरण नगरिदिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ।

श्रमिक यदि मानवतस्करीमा परेको छ भने पनि कम्पनी परिवर्तन गर्न सकिनेछ। तर यदि श्रमिक र रोजगारदाताबीच कुनै विवाद भएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने त्यस्ता श्रमिकले काम परिवर्तन गर्दा समस्या आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु