२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ कोरोनाले होइन, ऋणले पीडा दियो

कोरोनाले होइन, ऋणले पीडा दियो

१४ बर्षमा रामचन्द्र बनबास बाट मुक्त भए भने १४ बर्षमा मित्रलाल ऋणबाट मुक्त हुँदैछन्

२०२१ मा ऋण मुक्त जिन्दगी भएपछि मलाई कोरोना लागोस् कि क्यान्सर लागोस् कि कुनै चिन्ता लाग्ने छैन। १४ वर्षपछि ऋणमुक्त जिन्दगी हुन गइरहेको बिदेशमा पि एच डी को सपना बोकेर हिँडेको ऋणको कारणले ऋण पीडित भएर १४ वर्षसम्म तड्पिएर बाचेको करोडौं व्यक्तिहरू मध्ये एक अभागी व्यक्ती हुँ।

कोरोनाले दुनियाँलाई पीडा दिइरहेको थियो तर मलाई कोरोनाले होइन ऋणले पीडा दियो।

सायद मुटु कमजोर हुन्थ्यो भने आत्महत्या गर्थे। मुटु दरिलो थियो त्यसैले कोरोना लाग्छ भनेर मलाई कहिल्यै चिन्ता भएन। दिनमा तीनदेखि चार सुइ सुगर बढेर घोचिरहे तर ऋणमुक्त जिन्दगीको सपनाबाट हार खाएन।

युरोपको पोल्यान्ड आउँदा केही लाख लिएको ऋण बढेर ६० लाख ब्याजको स्याज, स्याजको ब्याज,ब्याजको ब्याज मान्छेलाई,बैंकलाई तिर्नु पर्ने अवस्थामा ऋण लागेर मेरो मृत्युनै हुँदा पनि ऋणसितै लाश पनि अपबित्र हुन्छ कि भन्ने चिन्ता थियो।

नत जाड पिएर त्यत्रो ऋण लाग्यो नत घर पठाएर नत केही बदमासी काम गरेर नत ब्यापारमा नत कुनै कुलतमा फसेर नत बेरोजगार भएर तर पनि कसरी लाग्यो कसरी! यो मनले कहिल्यै परिकल्पना नगर्ने गरी लाग्यो तैपनि हार खाइएन।

जसलाई सहयोग गरे पनि नफर्कने बिदेशमा धेरै जसो इमान्दार भन्ने मान्छे नै पाउन गार्हो। तर जडिबुटी झै केही केही पाइने तिनीहरुको आफ्नै पिडाले बोल्न नसकिने। कोही त सहयोग माग्ने धेरै अनि त लुकेर बस्ने हरामखोरहरु।

बारबार त्यही चिन्ता थियो। केही प्रिय मनहरुको आशिर्वाद सद्भावले २०२१मा आफुलाई ऋणमुक्त जिन्दगी बनाउन गैरहेको खबर बताउन पाउँदा मलाई गर्व लागेको छ।

त्यो दिन १४ बर्षे ऋणमुक्त जिन्दगी खुशियाली पार्टी गर्न गइरहेको जानकारी गराउँदछु।

१४ बर्ष सम्म पोल्यान्ड बसेर संघर्ष गर्नु भएका सम्पुर्ण आदरणीय ज्ञात -अज्ञात व्यक्तिहरुलाई हार्दिक निमन्त्रणा। ऋण मुक्त जिन्दगी रिण मुक्त देशको परिकल्पना हुनुपर्छ। ऋणमुक्त जिन्दगी बाच्ने सपना सन २००० देखीको हो।

अन्ततः २०२१ मा सफल हुँदैछ । दुनियाँ चिनियो, सबै देखियो, आफन्ती चिनियो, कृष्णले मामा त मार्नु परेकै थियो भने मेरो सत्यताको बाटोमा जे होस् इमान्दारिता गुमाइएन। आफन्ती बिरानो बने कति साथीहरु ऋण दिएन भनेर रिसाए कुरै नगरौ।

कैयौ मित्रहरुले पासपोर्ट च्यातेर नर्वे लुक्ने सल्लाह दिए। कति ब्यक्तिहरुले पोल्यान्डको बैंकबाट करोडौ ऋण लगेर नेपाल जाने उतै बस्ने सल्लाह दिए।

केही चोरहरु भागे पोल्यान्डबाट

१,२ करोड लगेर मजाले भागे। तिनैले गर्दा हामीहरुको इमान्दारितामाथि पोल्यान्ड सरकारले कडाँइ गर्यो। त्यसैको परिणाम हामीले भोगिरहेका छौ। आखिर सबैको सल्लाहप्रति नमन गर्दै निरन्तर संघर्ष गरियो।

२०२१मा ऋण मुक्त जिन्दगी भएपछि मलाई कोरोना लागोस् कि क्यान्सर लागोस् मलाई कुनै चिन्ता लाग्ने छैन। ऋण लागेर मर्नु भन्दा त कोरोना लागेर मर्नु बेस। ऋण लागेर सामाजिक काम गर्नु आफु रित्तिएर सामाजिक काम गर्नुको पीडा फरक हुदोरहेछ। तर छुट्टै आनन्द पनि हुँदोरहेछ। १४ बर्षमा रामचन्द्र बनबासबाट मुक्त भए। १२ बर्ष पाण्डवहरु गुप्तबासबाट मुक्त भए।

रातो पासपोर्ट होइन कि हरियो पासपोर्टको बिजयको रुपमा १४ बर्ष पछि ऋण मुक्त जिन्दगी बाँच्न गइरहेकोले आफु संघर्ष गर्दा र केही नियम थाहा नपाएर बैंकबाट ऋण ल्याउँदा भोगेको पीडाबाट मुक्त हुँदैछु। बैक रिण सकिएपछि मैले ऋण दिन बाँकी कोही हुनुहुन्छ भने प्रमाण सहित दिनु।

साथै श्रमको मुल्य पनि हिसाब गर्नु। बिजय यात्रामा बल्ल अगाडि सरेको खुशी पनि लागेको छ। जिन्दगीमा ठूलो चिन्ता थियो कि मेरो घर जग्गा बेचेर पनि पोल्यान्ड बैकलाई ऋण तिरिसक्दैन भन्ने तर भगवानले तैले इच्छा मात्र राख म पुर्याउछु भन्छन्।

कोरोना समय सकिएपछि एउटा स्वतन्त्र जिन्दगी बाँच्न पाउने र ४० बर्षे जीवनको स्वतन्त्रता पाएको उपलक्ष्यमा सबैप्रति नमन। कथित डिप्रेसनमा लैजाने सिस्टम होइन मनको भावना बुझ्ने सुन्दर सोचलाई अंगिकार गर्नेछु।

हरियो पासपोर्टनै आजीवन बोकेर हरियो पासपोर्टकै मुल्य करोडौको हुनेछ। त्यसैमा समर्पित हुनेछु। हरियो पासपोर्टको मुल्य पनि करोड भन्दा कम हुने छैन। इमान्दारिताको मुल्य अमुल्य हुनेछ। मलाई कठिन अवस्थामा पार लगाएर स्वतन्त्रता प्रदान गर्नु हुने सम्पुर्ण व्यक्तित्वहरुमा नमन गर्दछु।

मलाई कुदृष्टि नजरले हेर्ने सम्पुर्ण दुश्मन मित्रहरुमा नमन गर्दछु। मलाई बिदेशमा मैले सहयोग स्वरुप बास बस्न दिने तर मैले थाहा नपाउने गरी मेरो लगाएको सुन पनि चोरेर भाग्ने महान नेपाली चोर व्यक्तिहरु प्रति नमन गर्दछु। त्यँही सुनले उनिहरुको जिन्दगी बनोस्।

ती चोर भए पनि हे भगवान तिनका सन्तान चोर नबनुन्। मलाई तड्पाएर परीक्षा लिने ईश्वरप्रती नमन गर्दछु। मलाई समय समयमा बाधा ब्यवधान दिएर पीडा दिने प्रति नमन गर्दछु।

त्यँही पीडा, त्यँही कष्टबाट म एउटा दुखी देशमा हार नखाएर निरन्तर संघर्ष गर्दा छुट्टै आनन्द पाएको छु। यहाको सरकारसित नझुक्दा आजसम्म मेरै परिवारको भिषा छैन यद्यपि १० बर्ष बस्दा पनि।

म कोहीसित सामाजिक समस्या र पीडाको लागि झुक्नु परे पनि मेरो व्यक्तिगत समस्या र पीडाको लागि हे भगवान कसैसित झुक्न नपरोस्। यो पोल्यान्ड सरकारसित पनि झुक्न नपरोस्। यो सरकारलाई एक दिन बुझाउनुछ। आप्रवासीहरुलाई हेर्ने नजर परिवर्तन गर भनेर।

अब हेरौ यो सरकारले मसित झुक्छ कि मलाई झुकाउछ।

हो बिदेशी माटो त्यति सहज थिएन। तर आत्तिनु हुन्न अखिर बिजय हाम्रै हुनेछ। जिन्दगीमा जसले श्रमको मुल्य नलिएर अनावश्यक सेवा गर्नेछ, त्यसको मित्रलाल जस्तै १४ वर्ष ऋणको माला लगाएर बाच्नु पर्नेछ।

श्रमको मुल्य दिन नसकेर मान्छेलाई निशुल्क काम लगाउनेहरु मुर्दावाद! मान्छेको सपना कुल्चिएर अनावश्यक मान्छेको सपनालाई दास बनाउनेहरु मुर्दावाद! निशुल्क काम लगाउनेहरु मुर्दावाद! आफ्नो फुर्सद नहुने अरुलाई निशुल्क काम लगाएर आफुले क्रेडिट लिनेहरु मुर्दावाद! मान्छेलाई झुटो बोल्ने भ्रष्टहरु मुर्दावाद!

आफ्नो जिम्मेवारीबाट पर भागेर अरुलाई अनावश्यक नेपालीले गरेको श्रमलाई बिदेशमा तुच्छ सम्झने एउटा गोराले गरेको त्यही श्रमलाई महान सम्झने सोच मुर्दावाद! ऋणमुक्त जिन्दगीको परिकल्पनामा साथ दिने सम्पुर्ण आदरणीय व्यक्तित्वहरु प्रति नमन गर्दछु। ती आदरणीय व्यक्तिहरु प्रती सदा नतमस्तक छु।

बिसौ बर्षदेखिको अल्झिएको मेरो जिन्दगीको पाना २०२१ देखि १४ बर्ष सम्म बोलचाल बन्द भएकाहरुसित पनि नया ढंगले अगाडि बढ्नेछ। मैले आफुलाई ठूलो युद्द जितेको महशुस गरेको छु। यो युद्धमा साथ दिने हरेक व्यक्तिहरुलाई नमन गर्दछु।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु