गृहपृष्ठ पत्रकार गिरी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समितिको प्रवक्तामा मनोनित
पत्रकार गिरी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समितिको प्रवक्तामा मनोनित

लामो समयदेखि पोर्चुगलमा क्रियाशील पत्रकार भगवान गिरी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समितिको प्रवक्ता मनोनयन भएका छन्। गिरी रासस पोर्चुगलका प्रतिनिधि समेत रहेका छन्।उनको आवद्धताले सस्थालाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
विश्व छरिएर रहेका कस्केलीहरुलाई एकतावद्द बनाउने उदेश्यले कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समिति गठन भएको हो। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समिति सचिवालयको सातौं बैठकले अन्य विभिन्न मनोनयन उपसमिति समेत गठन गरेको छ।
संस्थाको अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा बसेको बैठकले २०१९-२०२१ केन्द्रिय सदस्यहरुमा प्रभात त्रिपाठी कतार, प्रकाश तिवारी, नेपाल च्याप्टर सह-सचिव हरिबहादुर ढकाल, शिव गिरी,नेपाल च्याप्टर आर्थिक विभाग प्रमुखमा चयन गरिएको जनाइएको छ।
शैक्षिक अक्षय-कोष संचालनकोलागि विभिन्न देशबाट रकम संकलन भएको छ। श्रीप्रसाद सुवेदी अमेरिकाबाट रु एकलाख पचास हजार, राजकुमार अधिकारी अस्ट्रेलिया रु एक लाख, रमेशकुमार गुरुङ पोर्चुगल रु अठसठ्ठी हजार छ सय, अम्बर सापकोटा साउदी अरब छैसठ्ठी हजार छ सय छैसठ्ठी रुपैयाँ, पुर्ण तिमिल्सिना बेल्जियम, एकाउन्न हजार रुपैयाँ बिश्व आदर्श पण्डित, युके, एकाउन्न हजार रुपैयाँ हजार रुपैयाँ, चित्र सुबेदी बेल्जियम, एकाउन्न हजार रुपैयाँ बिस्व बराल अमेरिका पच्पन्न हजार रुपैयाँ सहित अन्य सहयोगदाताहरूबाट तेह्र लाख बराबरको रकम संकलन भएको सस्थाका अध्यक्ष ले बैठकमा जानकारी दिनुभएको हो।
कास्की आदर्श समाज आईसीसीको, शिक्षा उप-समिति, अन्तर्गत रहेको शैक्षिक अक्षय-कोष सन्चालन उपसमितिको संयोजक सिता बराल, पोर्तुगल, सह-संयोजक शान्तिदेवि अधिकारी, मकाउ ,सह-संयोजक विकास पौडेल ,जापान, सचिब हरिविनोद अधिकारी, नेपाल ,आर्थिक बिभाग प्रमुख बिश्वोबन्धु थापा, नेपाल।
त्यस्तै सदस्य विकास अधिकारी, नेपाल, अमर सापकोटा, मध्यपुर्व ,कलाधर वाँस्तोला, क्यानडा, अमेरिका महादेश, अस्ट्रेलिया महादेश, युरोप महादेशका एक, एक समितिमा सदस्य रहने गरी मनोनीत गरिएको हो।