२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ अटो चलाएरै सन्तानलाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा

अटो चलाएरै सन्तानलाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा

  • जीवनको  ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्।

जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो।

एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी।आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्।

साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले व्यतीत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन् गोमा।साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पुर्याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए।

पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गरिन्। सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्तीर्ण गरेकी हुन्।

छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्ययनरत थिए।दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उनले साइकल बाट मोटरसाइकलमा समेत मालसामान बोकिन्।

कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्। दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्।

स्रोत:नेपाल इनसाइडर.कम

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु