२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा मंगलबार थपिए २ हजार ७३६ संक्रमित,कुल संक्रमित संख्या झन्डै २ लाख

नेपालमा मंगलबार थपिए २ हजार ७३६ संक्रमित,कुल संक्रमित संख्या झन्डै २ लाख

नेपालमा मंगलबार २ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८५३ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ।

थप २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु