२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ आइपिएलको उपाधि मुम्बई इन्डियन्सको पोल्टामा,दिल्लीको उपाधी उचाल्ने सपना चकनाचुर

आइपिएलको उपाधि मुम्बई इन्डियन्सको पोल्टामा,दिल्लीको उपाधी उचाल्ने सपना चकनाचुर

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि पाँचौं पटक जितेको छ। मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि उचालेको हो।

मुम्बईलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने दिल्लीको सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्ली यो सिजनको आइपिएलमा मात्रै मुम्बई इन्डियन्ससँग लगातार चार पटक हार ब्यहोरेको हो।१५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाए। बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु