गृहपृष्ठ लामो समयसम्म शासन गरेका बहराइनका प्रधानमन्त्री खलिफाको निधन
लामो समयसम्म शासन गरेका बहराइनका प्रधानमन्त्री खलिफाको निधन

बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ बर्षको उमेरमा निधन भएको छ। सन् १९७० मा सत्तामा आएका प्रधानमन्त्री खलिफा विश्वमा सबैभन्दा लामो समयसम्म शासन गर्ने प्रधानमन्त्री हुन ।
बहराइन न्यूज एजेन्सीले प्रधानन्त्री खलिफाको बुधबार निधन भएको ट्विटर मार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री खलिफाको बुधाबार बिहान अमेरिकाको मेयो क्लिनिक अस्पतालमा उपचारका क्रममा निधन भएको बहराइनी रोयल कोर्टलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।