गृहपृष्ठ नेपालमा बुधबार थपिए २ हजार ५६९ कोरोना संक्रमित,कुल संख्या २ लाघ नाघ्यो
नेपालमा बुधबार थपिए २ हजार ५६९ कोरोना संक्रमित,कुल संख्या २ लाघ नाघ्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई लाख नाघेको छ।बुधबार २ हजार ५६९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या अब दुई लाख २ हजार ३२९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६६६ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।
थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ।