२०७७ पुस २९ गते बुधवार | January 13, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ प्रवासी गायक नवीनले लिएर आए मायाजालमा लठ्ठै पार्ने गीत झापाली स्याङ्जाली

प्रवासी गायक नवीनले लिएर आए मायाजालमा लठ्ठै पार्ने गीत झापाली स्याङ्जाली

गीतबाट दर्शक रिझाउदै गायक पाण्डे

व्यक्तीत्व झट्ट हेर्दा पनि गममा दम त पक्कै छ भनेर सहजै अनुमान गर्न सकिने गायक नवीन पाण्डे (हरी)।

उनका गीत भलै तुरुन्तै भाइरल नहोलान तर लोकदोहोरीको मौलिकता र मर्म बुझ्ने मानिसका लागि उनका गीत कालजयी हुन्।सदावार सुनिरहौ जस्तो लाग्ने,तिनै गीतमै प्यास मेटौ जस्तो हुने यस्तै -यस्तै गीतका शुत्रधार हुन् गायक पाण्डे।

उनी कुनै कारण बश अहिले पोर्चुगलमा कर्म गरिरहेका छन् तर नेपाली माटो,नेपाली पन र नेपाली झल्कोलाई सदा शिरमा राखेर हिड्ने गायक पाण्डे आफैमा बहुप्रतिभाका धनी हुन्।यतिखेर उनी फेरि प्रबासबाटै नेपाली बजार तताउने मुडमा देखिन्छन्।

भर्खरै उनले बजारमा ल्याएको गीत झापाली स्याङ्जाली निकै आक्रामक देखिन्छ।एक पटक भिडियो हेर्ने दर्शक गीतको भावमा डुबेर लठ्ठ पर्ने निश्चित छ।गीतमा पुरुषतर्फ स्वयं गायक पाण्डेकै स्वर रहेको छ भने महिलातर्फ समुधर आवाजकी धनी गायिका टीका पुनले आवाज दिएकी छन्।

सर्जक कृष्ण न्यौपाने र धुर्ब भुसालको शब्द श्रीजनामा चर्चित सर्जक शिव हमालले संगीत भरेका छन्।निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा अहिलेका चल्तीका मोडल करिस्मा ढकाल र उमेश लम्सालको बेजोड नृत्य देख्न पाइन्छ।

गीतकको बजार ब्यबस्थापन भने लोकहित म्युजिक प्रालिले गरेको छ।गीतको म्युजिक भिडियोलाई गायक पाण्डेले आफ्नै युट्युव च्यानलमार्फत बजारमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु